सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा भीम रावलको जोड

२०८२ मंसिर २९, सोमबार

बाजुरा : नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न निष्पक्ष र स्वतन्त्र मताधिकारको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देशसभालाई सदरमुकाम मार्तडीमा सम्बोधन गर्दै रावलले सरकारले जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दीलाई निर्वाचनको मिति अघि नै पक्राउ गर्नुपर्ने, लुटेका हातहतियार नियन्त्रणमा लिनुपर्ने बताए । नेता रावलले कांग्रेस, एमालेको वेथिति र अहङ्कार अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी आवश्यक भएको धारणा राखे ।

उनले नेपालको स्वाधीनता, जनताको हकअधिकार, गौरव र समृद्धिलाई माथि उठाउन नेपाली कम्युनिष्ट पार्टीले सङ्कल्प गरेको उल्लेख गरे । एकता सन्देशसभामा नेपाली कम्युनिष्ट पार्टीका नेता भानुभक्त जोशी, खगराज भट्ट, प्रकाश शाहलगायतले सभालाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार