एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

२०८२ मंसिर २९, सोमबार

काठमाडौँ : एमालेले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ ।

महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।

राम-लक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमुना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए । २०७८ सालमा सौराहामा भएको दसौँ महाधिवेशनमा पनि विद्युतीय मेसिनबाट मतदानको भएको थियो । सोमबार राति साढे ९ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि मंगलबार दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदानको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार