पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल मनोनयन

२०८२ पुष १, मंगलवार

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन भएका छन् ।

पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृतिमन्त्री अनिलकुमार सिन्हाले सोमबार सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।

कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहने मन्त्रीले नै कार्यकारी प्रमुखका रूपमा सदस्य सचिवको नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको उनले बताए। कोषका सदस्य सचिवको कार्यकाल चार वर्ष तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार