ओलीको सिङ्गो टिमलाई विजयी बनाउन प्रदीप ज्ञवालीको अपिल

२०८२ पुष १, मंगलवार

काठमाडौँ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अगुवाइ गरेको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउन अपिल गरेका छन्।

आफूले यस पटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको जानकारी दिँदै उनले मतदाताको मन र मत दुवै पाउने विश्वास समेत व्यक्त गरे।

उनले आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदै गरेको बताउँदै नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र नभइ चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट ओलीको टिमलाई जिताउन अपिल गरे।

‘आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु,’ ज्ञवालीले सामाजिक सञ्जालमा लेख्छन्, ‘म हमेशा तपाईँहरूकै  बिचमा छु, त्यहीँ रहन्छु। यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु। कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार