हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल

२०८२ पुष १, मंगलवार

काठमाडौँ : नेकपा (एमाले)का नेता शंकर पोखरेलले पार्टी आन्दोलन र राष्ट्रको रक्षाका लागि सबै जुट्ने बताएका छन् ।

एमाले महाधिवेशनमा दोस्रो पटक महासचिवमा उम्मेदवारी दिएका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् राष्ट्रको रक्षा नै सबैको कार्यभार रहेको बताएका हुन् ।

‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार! हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ ।’ पोखरेलले फेसबुकमा लेखेका छन् । आज काठमाडौँको भृकुटीमण्डपमा एमाले ११ औँ महाधिवेशनमा मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार