चलचित्र ‘रमिताको पिरती’ को पहिलो गीत सार्वजनिक

२०८२ मंसिर २९, सोमबार

काठमाडौं : नायिका आना शर्माले निर्माण गरेको चलचित्र ‘रमिताको पिरती’ को पहिलो गीत सार्वजनिक भएको छ।

आज निर्माण टिमले ललितपुरको लबिम मलमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ‘तिमी भए काफी’ बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका आना शर्मा र नव-नायक तथा गायक समीर श्रेष्ठको रोमान्स छ। थाइल्यान्डमा खिचिएको यो भिडियोमा आना र समीर खुलेका छन् ।

समीरकै स्वर समावेश सार्वजनिक गीतमा शाश्वतको संगीत छ । झोलेको डीओपी रहेको यो गीतको भिडियोले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त छन् ।

आना शर्मा मुख्य भूमिकामा रहेको यो चलचित्रले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह अवरोहलाई प्रस्तुत गरेको छ । सुदिप्ताले निर्देशन गरेको यो चलचित्रमा आनाको अलावा धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारहरूको अभिनय छ ।

सुदिप्ताकै लेखनमा तयार भएको यो चलचित्रको, आना शर्मा कार्यकारी निर्माता हुन। उनलाई चलचित्र निर्माणमा सागर लम्साल, आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछानेले साथ दिएका छन् ।

माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार