सनी देओलको ‘बोर्डर २’ को टिजर सार्वजनिक

२०८२ पुष १, मंगलवार

काठमाडौँ : भारतीय वार-ड्रामा ‘बोर्डर’ को सिक्वेल ‘बोर्डर २’ को टिजर सार्वजनिक भएको छ।

मंगलबार टी–सिरिजको युट्युबमार्फत सार्वजनिक टिजर देशभक्तिपूर्व भावनाले भरिएको छ। भारत-पाकिस्तान युद्धको पृष्ठभूमिमा सेनाको साहस, बलिदान र देशप्रेम टिजरमा देखिन्छ। अनुराग सिंह निर्देशित ‘बोर्डर २’ मा सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टी, मोना सिंह, सोनम बाजवालगायत कलाकारहरूको अभिनय छ।

सन् १९९७ मा रिलिज ‘बोर्डर’ बक्स अफिसमा सुपरहिट फिल्म हो। उक्त फिल्म रिलिजको झन्डै २८ वर्षपछि यसको सिक्वेल आउन लागेको हो।गुलशन कुमार, टी-सिरीज र जेपी फिल्म्सको प्रस्तुति रहेको ‘बोर्डर २’ सन् २०२६ जनवरी २३ देखि प्रदर्शनमा आउने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार