काठमाडौँ : एमालेको एघारौँ महाधिवेशनका प्रतिनिधि घनश्याम कोइरालाले आफू निदाएकाले मतदान गर्न नपाएको प्रष्टिकरण दिएका छन्।
बुधबार बिहान उनले सामाजिक सञ्जालमा प्रष्टिकरण दिँदै मतदान नगरेकोमा आत्मालोचनासमेत गरेका छन्।
‘केही साथीहरूलाई समय सङ्केत गर्न अनुरोध गरेर राति घर गएको थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिहान पुग्दा ढिलो भयो। मतदान सकियो भन्ने सूचना पाएपछि बाटोबाटै घर फर्किएँ। गल्ती भएकै हो। आत्मालोचित छु।’






