काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ७ सय रुपैयाँले बढेर २ लाख ६० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५५ रूपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर ४ हजार ८० रूपैयाँ कायम भएको छ ।





