रवि लामिछाने भोली मात्र रिहा हुने

२०८२ पुष ३, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोली मात्र रिहा हुने भएका छन् ।

बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् ।रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान  फ्लाइटमार्फत भैरहवा जाने तयारीमा छन् ।

उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको  छ ।

उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । अहिले कार्यालय समय भइसकेकोले भोलि शुक्रबारमात्रै जिल्ला अदालतमा उच्चको आदेश पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार