जीपको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

२०८२ पुष ४, शुक्रबार

बागलुङ : बागलुङमा पिकअप जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बिहीबार साँझ ६ बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध१च १३३६ नम्बरको पिकअप जीपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ धैरेनीका पाँच वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो । जीपको ठक्करबाट गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए ।

बालकलाई सडक क्रस गर्दैगर्दा जीपले ठक्कर दिएको उनको भनाइ छ । जीपचालक पर्वतको जलजला गाउँपापिलका–८ नाङ्लिबाङका २५ वर्षीय सुनिल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार