चलचित्र ‘पेन्सन पट्टा’को छायाङ्कन सुरु

२०८२ पुष ३, बिहीबार

काठमाडौँ : चलचित्र ‘पेन्सन पट्टा’को छायाङ्कन सुरु भएको छ । कास्कीको ताङतिङ गाउँबाट शुभ–मुहूर्तसहित बिहीबारदेखि चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।

चलचित्रका निर्देशक र निर्माता कलाकार माओत्से गुरुङ हुन् । चलचित्र ३५ दिनसम्म कास्कीका विभिन्न ठाउँहरूमा खिचिनेछ । चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय रहनेछ । चलचित्र भूतपूर्व लाहुरेको कथामा बन्न लागेको निर्देशक गुरुङले बताए ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने चलचित्र सुशन प्रजापतिले खिच्नेछन् । चलचित्रमा संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीको रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार