रास्वपा सभापति लामिछाने आज रिहा हुँदै

२०८२ पुष ४, शुक्रबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज थुनामुक्त हुँदै छन् ।

उच्च अदालत तुलसीपुरको बिहीबारको आदेशपछि रवि आज रिहा हुन लागेका हुन् । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको छ ।

रविलाई आज जिल्ला अदालत भैरहवामा उपस्थित गराइनेछ । त्यसपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर रिहा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार