प्रचण्डलाई ‘नाम’ र माधवलाई ‘पार्टी’ घाँडो भएको थियो : ओली

२०८२ पुष ४, शुक्रबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले एकताको नाटक गरेको भन्दै आलोचना गरेका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलगायत समायोजनपछि बनेको नेपाली कम्युनिस्ट पार्टीको गठनलाई उनले नाटकको संज्ञा दिए ।

बिहीबार पार्टी अध्यक्षमा पुन:निर्वाचित भएपछि सम्बोधन गर्दै ओलीले नेता पुष्पकलम दाहाल प्रचण्डलाई पार्टीको नाम घाँडो भइरहेको अवस्थामा पार्टी एकीकरण गरेको बताए । त्यस्तै उनले एकीकृत समाजवादीबाट नेकपामा समायोजित नेता माधवकुमार नेपाललाई पार्टी घाँडोको अवस्थामा रहेको टिप्पणी गरे ।

प्रचण्ड र माधव नेपाल दुवै नेताले पार्टी एकताको नाटक गरेको भन्दै ओलीले कटाक्ष गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार