काँग्रेस निर्वाचनमा जान आतुर छ,तर सरकारको तयारीमा शंका छ : शेखर कोइराला

२०८२ पुष ४, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. शेखर कोइरालाले २१ फागुनमा निर्वाचन गराउनको लागि सरकारको तयारी सुस्त भएको भन्दै समयमै निर्वाचन हुनेमा आशका पैदा भएको बताएका छन् । आज (शुक्रबार) मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का स्थानीय नेताहरुसँग भेटघाट गर्दै कोइरालाले यस्तो आशंका व्यक्त गरेका हुन् । उनले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने भन्दै त्यसको लागि तयारीमा जुट्न पार्टी पँक्तिलाई निर्देशन दिए ।

उनले कांग्रेस निर्वाचनमा भाग लिन आतुर रहेको भन्दै निर्वाचनले मात्रै प्रजातन्त्रको जग बलियो हुने विश्वास दिलाए । उनले आफूहरु यतिवेला निर्वाचनको मिति कुरेर बसेको भन्दै सरकारलाई पनि गम्भीर भएर लाग्न सुझाव दिए । उनले भन,‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ । दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार