काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांंश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको हो । पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको हो । संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट आफ्ना चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।








