काठमाडौँ : आइतबार छापावाल सुनको मूल्य सय रुपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज सय रुपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ रूपैयाँ कायम भएकोमा आज सय रूपैयाँले बढेर ४ हजार १ सय ५ रूपैयाँ कायम भएको छ ।








