काठमाडौँ : बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ ।
केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट संकलन गर्ने बताएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। यसको साँवा तथा ब्याज भुक्तानी १ चैतमा हुनेछ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।








