नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्कालाई

२०८२ पुष ६, आईतवार

काठमाडौं : नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्काले पाएका छन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन् । नेविसंघ केन्द्रीय कार्यालयमा कार्यववाहकको जिम्मेवारी लिएपछि खड्काले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने बताए । अध्यक्ष शेर्पा भारतको आइआइटी मुम्बईमा आयोजना हुने कार्यक्रमका लागि आज त्यसतर्फ जाँदैछन् ।

पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका नेविसंघ केन्द्रीय सदस्य खड्का उदयपुरका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार