चलचित्र ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक

२०८२ पुष ६, आईतवार

काठमाडौँ : गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक गरेको छ ।

हलमा प्रदर्शरत चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाप्रति अझै दर्शकको आकर्षण बढाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो ।

यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । यो गीतले चलचित्रप्रति दर्शकको आकर्षण उर्त्कषमा पुर्‍याउने विश्वास निर्माण टिमको छ ।

चलचित्रमा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह(निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार