लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा

२०८२ पुष ६, आईतवार

दाङ : नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली दाङको घोराही आइपुगेको छ ।

बाँकेबाट सुरु भएको ट्रफी उत्सव र्‍याली बर्दिया, दाङको तुलसीपुर हुँदै आज घोराही आइपुगेको हो । र्‍यालीलाई घोराहीमा दाङ क्रिकेट सङ्घका अध्यक्ष तथा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य प्रदीप मजगैया, लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव कैलाश रोकालगायतले स्वागत गरे ।

घोराही बजार परिक्रममा गर्दै र्‍याली घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत क्रिकेट मैदानमा पुगेर समापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार