पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

२०८२ पुष ७, सोमबार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आइतबार बिदाइ भेटवार्ता भएको छ ।

चिनियाँ दूतावासमा भएको शिष्टाचार भेटवार्तामा उहाँहरूबीच आपसी हित एवं चासोको विषयमा कुराकानी भएको हो । पूर्वप्रधानमन्त्री खनालले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा राजदूत सोङलाई बधाई दिँदै दुई मुलुकबीच सहयोग तथा सम्बन्ध विस्तार गर्न उनले निर्वाह गरेको भूमिका एवं योगदानको सराहना गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

सो अवसरमा राजदूत सोङले आगामी दिनमा दुवै मुलुकको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राजदूत सोङ आफ्नो कार्यकाल पूरा गरी चीन फिर्ता हुन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार