काठमाडौँ : बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी रिहा भएका छन्।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले आइतबार धरौटी माग गरेर रिहा गर्ने आदेश दिएको हो। जोशीले एकमुष्ट तीन करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जिल्ला अदालतले जनाएको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत बिहीबार रवि लामिछानेलाई बिगो बापत जमानत लिएर रिहा गर्न आदेश दिँदा जोशीको हकमा पनि सक्कल जमानतसहित निवेदन दिएमा पुनःविचार गर्न आदेश दिएको थियो।








