प्रधानमन्त्रीसहित राजनीतिक दल र सुरक्षा निकायसँग छलफल गर्दै निर्वाचन आयोग

२०८२ पुष ७, सोमबार

काठमाडौँ : निर्वाचन आयोगले आज प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दैछ।

निर्वाचन तयारीको विषयमा आयोगले प्रधानमन्त्री सुशीला कार्कीससहित राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयुक्त र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेको हो।

दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल हुने तय भएको छ।

‘प्रधानमन्त्रीसहितको उपस्थितिमा निर्वाचन आयुक्त, राजनीतिक दल र निर्वाचनसँग सरोकार राख्ने नागरिक समाजका प्रतिनिधिहरुसँग छलफल गर्न लागिएको हो,’ स्रोतले भन्यो, ‘निर्वाचनको पछिल्लो तयारी, उपलब्धीबारे बैठकमा छलफल हुनेछ।’

निर्वाचन तयारीको विषयमा काम गरिरहेको आयोगले दलहरुको धारणा बुझ्ने र सुझाव लिने उद्देश्यले छलफल गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार