देशभर १० लाख १६ हजार भन्दा बढी मतदाता थपिए

२०८२ पुष ७, सोमबार

काठमाडौँ : देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन्।

सोमबार सिंहदरबारमा आयोजित आसन्न प्रतिनिधि सभा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिए।

उनका अनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूको संख्या ११४ पुगेको छ। २०७९ सालको निर्वाचनमा ८७ दल सहभागी भएका थिए। दलको संख्या बढेकाले निर्वाचनमा प्रतिस्पर्धा अझ कडा हुने आयोगको अनुमान छ।

भट्टराईका अनुसार मतदाता नामावलीको अन्तिम सूची पुस १५ मा प्रकाशित हुनेछ। हालसम्म मतदाताको संख्या ५.६५ प्रतिशतले वृद्धि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार