मधेश प्रदेशका सभामुख यादवले गरे पदभार ग्रहण

२०८२ पुष ७, सोमबार

काठमाडौं : मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् ।

सोमबार प्रदेश सभा कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सात दलीय गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालबाट यादव आइतबार सभामुखमा निर्वाचित भएका थिए ।

यादवलाई सभामुख निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार