देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता

२०८२ पुष ७, सोमबार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।

एमालेको ११ औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्।

अहिले अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको छ। यसअघि मंसिर १९ गते पनि सभापति देउवा र ओलीबीच भेटवार्ता भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार