मन्त्रीहरूकै बोलीले निर्वाचन भाँडिदै छ : राजेन्द्र पाण्डे

२०८२ पुष ७, सोमबार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले असोज २ गते नै निर्वाचनमा जाने निर्णय गरेको भन्दै आफूहरू निर्वाचनको पक्षमा रहेको प्रस्ट पारेका छन् ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय छलफलमा नेता पाण्डेले आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने र सोहीमार्फत नै निकास खोज्नुपर्ने बताए । नेता पाण्डेले सबै राजनीतिक दल उक्त निर्वाचनमा सहभागी हुने वातावरण बन्नुपर्नेमा जोड दिए ।

‘निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकारको हो’, नेता पाण्डेले भने, ‘माननीय मन्त्रीहरूका बोलीले निर्वाचन भाँडिदै छ ।’ उनले मन्त्री भनेको बलेनीको ढुङ्गाजस्तै भएकाले मन्त्रीहरूलाई मुख बन्द गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार