काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीसँग दलहरूको छलफल भइरहेको कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले सरकार आगामी फागुन २१ मा चुनाव गर्न गम्भीर नरहेको आरोप लगाएका छन्।
उनले भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के गर्ने योजना बनाएको छ भनेर प्रश्न पनि गरेका छन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्न राजनीतिक दलसँगै निर्वाचन आयोग, नागरिक समाज र सुरक्षा निकायसँगको बैठक सोमबार बोलाएकी थिइन्। उनले आफू पनि जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट पीडित भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीसँग सोधे- ‘मेरो घर आगजनी भएर म अहिले भाडाको घरमा बसिरहेको छु । राज्यका सम्पत्ति र मेरो घर जलेको छ । मेरो जलेको घर हेर्दै मैले घरदैलोमा जाने हो ?’








