सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष ८, मंगलवार

काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य ५ हजार ५ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज पनि ५ हजार ५ सय रूपैयाँले बढेर २ लाख ६७ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ३५ रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर ४ हजार २ सय ५५ रूपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार