मोरङ : पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बद्रीप्रसाद मण्डलको ८८ वर्षको उमेरमा निधन भएको छ।
मण्डलको मंगलबार बिहान विराटनर–९ स्थित आफ्नै निवासमा निधन भएको परिवारका सदस्य जस्मिन मण्डलले जानकारी दिइन्। मण्डलको पार्थिव शरीर अन्त्येष्टिका लागि जहँदा गाँउपालिकास्थित मझारेमा रहेको पुर्खौली घरमा पुर्याइएको उनले जानकारी दिइन्।
मण्डल राजतन्त्र र हिन्दुत्व पक्षमा रहेका थिए। २०४६ सालअघि राजा पक्षधर रहेका मण्डलले प्रजातन्त्र आइसकेपछि नेपाल सद्भावना पार्टीको नेतृत्व गरेका थिए। गजेन्द्र नारायणसिंहको निधनपछि सद्भावनाको नेतृत्व मण्डलले लिएका थिए।
त्यसपछि उनी पूर्वराजा ज्ञानेन्द्र शाहलाई साथ दिँदै उपप्रधानमन्त्रीसमेत बने। उनलाई राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले समेत वरिष्ठ नेता बनाएको थियो। मण्डलका दुई श्रीमती, ४ छोरा र ३ छोरी छन्। चारमध्ये एक छोराको यसअघि नै निधन भइसकेको छ।





