रवीन्द्र मिश्रको नाम पर्सा-३ बाट पनि सिफारिस

२०८२ पुष ९, बुधबार

काठमाडौँ : आगामी फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम पर्सा निर्वाचन क्षेत्र नम्बर-३ बाट पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-१ मा उनको उम्मेदवारीलाई लिएर विवाद चर्किरहेका बेला पर्सा-३ को क्षेत्रीय कार्यसमितिले मिश्रलाई प्रत्यक्षतर्फ पहिलो नम्बरमा राख्दै केन्द्रमा नामावली पठाएको हो ।

मंगलबार क्षेत्रीय अध्यक्ष नरेन्द्रप्रसाद चौरसियाको अध्यक्षतामा बसेको क्षेत्रीय भेलाले मिश्रसहितका उम्मेदवारहरूको नाम टुंगो लगाएको हो । भेलाअनुसार पर्सा-३ बाट प्रत्यक्षतर्फ रवीन्द्र मिश्र, अंगद ठाकुर, नगिना कुमार यादव, नरेन्द्रप्रसाद चौरसिया र दिपेश साहको नाम सिफारिस गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार