राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ठूलो संख्यामा कर्मचारी

२०८२ पुष ९, बुधबार

काठमाडौँ : काठमाडौँको थापाथलीस्थित राष्ट्रिय तथ्यांक कार्यालयले ठूलो संख्यामा करार सेवाका कर्मचारी माग गरेको छ।

कार्यालयले आज सूचना जारी गर्दै नेपाल श्रम शक्ति सर्वेक्षणका लागि देशका विभिन्न कार्यालयका लागि ८० जना जनशक्ति माग गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

काठमाडौँ, मोरङ, धनुषा, कास्की, दाङ, सुर्खेत र कैलालीस्थित तथ्यांक समन्वय कार्यालयका लागि सुपरिवेक्षक र गणक भर्ना गर्न लागिएको सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार