अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

२०८२ पुष ९, बुधबार

काठमाडौं : सप्तरीमा चिसो बढेपछि विद्यालय बन्द गरिएको छ। पछिल्लो एक सातायता अत्यधिक चिसो बढेपछि बोदेबरसाइन नगरपालिकाले नगरभित्रका सबै विद्यालय पुस ९ गतेदेखि १३ गतेसम्म बन्द गरेको हो।

नगर कार्यपालिकाले जारी गरेको सूचनाअनुसार, तराई क्षेत्रमा पछिल्ला दिनहरूमा बढेको अत्यधिक चिसो (सिलत) र मौसमी कठिनाइका कारण बालबालिकाहरूलाई विद्यालय आउन–जान असहज हुने भएकाले यस्तो निर्णय गरिएको हो।

मेयर आतेशकुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सबै विद्यालय बन्द रहने उल्लेख गरिएको छ। सूचनाअनुसार बालबालिकाको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकताका रूपमा राख्दै, अत्यधिक चिसोले पढाइमा असर नपरोस् भनेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

नगरपालिकाले यस अवधिमा बालबालिकालाई अत्यधिक चिसोमा घरबाहिर ननिस्कन र सुरक्षित रहन प्रेरित गर्न पनि आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार