कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फेरि बस्ने

२०८२ पुष ९, बुधबार

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ ।

केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको आजको बैठक सकिएको र भोलि दिउँसो १ बजे पुन: बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताबारे अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको उनले बताए ।

‘महाधिवेशन कार्यतालिका र क्रियाशील सदस्यताको प्रगति सन्दर्भमा उनी कार्यबाहक सभापतिले आफ्नो कुरा राखे,’ उनले भने । बैठकमा सहभागी नेताहरूले अन्य केही विषयमा थप टिप्पणी गर्ने काम भएको र यो क्रम भोलि पनि जारी रहने प्रवक्ता महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार