श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

२०८२ पुष ९, बुधबार

विर्तामोड : श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई राष्ट्र निर्माणको मूल आधारका रूपमा स्थापित नगरेसम्म नेपाल समुन्नत बन्न नसक्ने बताएका छन् ।

आज श्रम संस्कृति पार्टी जिल्ला कमिटी झापाको आयोजनामा विर्तामोडमा आयोजित आमसभालाई सम्बोधन गर्दै राईले श्रम संस्कृतिको विकास बिना परिवर्तन सम्भव नहुने स्पष्ट पारे । “श्रम गरेर धर्तीलाई फुलाउनुपर्छ । श्रम गर्ने बानीले नै नेपाल बन्छ”, अध्यक्ष राईले भने, “अरूको दोष खोजेर होइन, आफ्नै हातले काम गरेर देश बनाउने संस्कार आवश्यक छ ।”

पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ७७ वटै जिल्लाबाट उम्मेद्वारी दिने तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार