पूर्वराष्ट्रपति भण्डारीद्वारा चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी

२०८२ पुष १०, बिहीबार

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।

डल्लुस्थित निवासमा पुगेर चित्रकारको बुधबार उनले चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले चित्रकारको स्वास्थ्यलाभको कामना गरिन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उहाँ आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी थिइन् ।

चित्रकार करिब तीन महिना भारतमा उपचार गरेर यही पुस ७ गते नेपाल फर्किएकी थिइन् । यस अगाडि उनलाई भेट्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल, नेता राजेन्द्र श्रेष्ठ पुगेको पूर्वप्रधानमन्त्री झलनाथ खनालको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार