एलिजा गौतम बनिन् आजपाको उपाध्यक्ष

२०८२ पुष १०, बिहीबार

काठमाडौं : जनादेश पार्टीको संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाडेकी छन् । पत्रकार ऋषि धमला पत्नी समेत रहेकी उनी जनादेश पार्टी छाडेर प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेकी हुन् ।

उनले आफु आजपामा प्रवेश गरेको र उपाध्यक्षको जिम्मेवारी पाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘म एलिजा गौतमलाई यस पार्टीमा उपाध्यक्षको रूपमा स्वागत गर्नु भएकोमा आम जनता पार्टीका अध्यक्ष आदरणीय प्रभु साहलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

उनले पार्टीलाई सबल र जनप्रिय बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै आफ्ना ‘एजेण्डा’ सार्वजनिक गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार