फिल्म ‘धुरन्धर’ले तोड्यो ‘पुष्पा २’ को रेकर्ड

२०८२ पुष १०, बिहीबार

काठमाडौँ : बक्स अफिस कलेक्सनको हिसाबले रणबीर सिंहको फिल्म ‘धुरन्धर’ले कयौँ फिल्मलाई उछिनेको छ ।

नेटफ्लिक्सले हालै यस फिल्मको डिजिटल स्ट्रिमिङ अधिकार किनेको छ । रिपोर्टका अनुसार, धुरन्धरले ओटीटी प्लेटफर्महरूमा पुष्पा २ लाई उछिनेको छ । नेटफ्लिक्सले पुष्पा २ भन्दा बढी मूल्यमा यो फिल्मको अधिकार किनेको हो ।

द इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार, नेटफ्लिक्सले पुष्पा २ः द रुल को डिजिटल अधिकार प्राप्त गर्न २७० करोड भारु खर्च गरेको थियो । अमेजन प्राइम भिडियोले पुष्पाको स्ट्रिमिङ अधिकार ५० करोडमा किनेको थियो । मिडिया रिपोर्टहरूका अनुसार नेटफ्लिक्सले धुरन्धरको स्ट्रिमिङ अधिकार किन्न २८५ करोड भारु खर्च गरेको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार