महाधिवेशन नगरी कांग्रेस निर्वाचनमा जाँदैन : गगन थापा

२०८२ पुष १०, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशन नगरी पार्टी निर्वाचनमा नजाने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले महाधिवेशन नगरी र नयाँ नेतृत्व नछानी पार्टी निर्वाचनमा जान नहुने र नजाने बताएका हुन् । उनले भने, ‘एक, दुई, तीन महाधिवेशन नगरी, नेतृत्व नयाँ नछानी नेपाली कांग्रेस निर्वाचनमा जाँदैन, जान हुँदैन ।’

साथै, सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई दिएको कार्यवाहक नाममात्रैको रहेको पनि उनले बताए । उनले असन्तुष्टि व्यक्त गर्दै भने, ‘पार्टी सभापतिले कार्यवाहक दिनुभएको छ । तर, नाममात्रैको कार्यवाहक छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार