काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच छलफल जारी छ।
ललितपुरको कुपण्डोलस्थित बालेन शाहका सहयोगी कुमार व्यजनकारको निवासमा दुईबीच केही बेरदेखि छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ।
केही दिनअघि दुई जनाबीच ६ घन्टा लामो भेटवार्ता भएको थियो।
बालेनले आज बिहान ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि भेट गरेका थिए।
लगत्तै उनले रवि लामिछानेसँग छलफलमा जुटेका हुन्।
दुईबीच सहकार्य गर्ने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने विषय भेटबाट टुङ्गो लाग्ने निकटहरुले जनाएका छन्।
बालेन शाहले पछिल्लो समय देश विकास पार्टीबाटै राजनीति अघि बढाउने जनाएको छ।





