काठमाडौँ : भारतको गुजरातस्थित कच्छ जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रको तथ्याङ्कअनुसार भूकम्प ४.४ रेक्टर स्केलमा मापन गरिएको छ। स्थानीय समयअनुसार बिहान करिब ४:३० बजे भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु कच्छ जिल्लामा २३.६५ उत्तर अक्षांश र ७०.२३ पूर्व देशान्तरमा जमिनमुनि १० किलोमिटर गहिराइमा थियो।
प्रारम्भिक जानकारी अनुसार अहिलेसम्म कुनै हताहत वा क्षतिको खबर आएको छैन। बिहान सबेरै गएको भूकम्पले क्षेत्रका केही भागमा त्रास फैलाएको थियो।





