मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

२०८२ पुष ११, शुक्रबार

काठमाडौं : श्रम संस्कृति पार्टीले उपाध्यक्षबाट निलम्बन गरेका डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे । परियार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष थिए।

गत मंसिर ५ गते बुटवलमा आयोजित सभामा परियारले पार्टी आचारसंहिता विपरीत अभद्र शैलीमा अभिव्यक्ति दिएको भन्दै अध्यक्ष हर्क साम्पाङले उनलाई पार्टी उपाध्यक्षबाट निलम्बन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार