बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष ११, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य १ हजार ८ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रूपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज १ सय ६५ रूपैयाँले बढेर ४ हजार ५ सय ६५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार