‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता

२०८२ पुष ११, शुक्रबार

काठमाडौँ : सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कम्युनिस्ट पार्टिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनको निवास हात्तीबन पुगेका छन् ।

आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेर खरेल प्रचण्ड भेट्न पुगेका हुन् ।

भेटमा खरेलले फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको जानकारी दिए ।

त्यस्तै खरेलले भोलि शनिबार बालुवाटारमा तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले गर्ने भनिएको छलफलको निम्तो दिन पनि शीर्ष नेताको निवासमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार