पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

२०८२ पुष ११, शुक्रबार

चितवन : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

आज चितवनको सौराहमा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ उद्घाटन गर्दै उनले हात्तीलाई हाम्रो साथी भएको स्मरण गराए । विश्वमा घट्दै गएको हात्तीको संरक्षण अब मानवको जिम्मेवारी भएको र प्रदेश सरकार यसमा प्रतिबद्ध रहेको बताए । उनले भने, “मानिसले आफ्ना छोराछोरीलाई जस्तै हात्तीलाई सीप सिकाएको छ ।

पशुप्रति अन्याय नभएको र संरक्षणमै जोड दिइएको छ ।” बानियाले हात्ती संरक्षणको जिम्मेवारी अब मानिसकै काँधमा रहेको बताए । जमिन, जङ्गल र जलको संरक्षण गर्दै प्राणीको रक्षा गर्नु मानव सभ्यताको सुन्दर पक्ष भएको उनको भनाइ थियो । भविष्यमा हात्तीपालन र संरक्षण गर्ने व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरिरहेको उहाँले जानकारी दिए ।

उनका अनुसार, महोत्सवका कारण पर्यटकको सङ्ख्या ३० देखि ३५ प्रतिशतसम्म वृद्धि भएको छ । विसं २०५५ देखि सुरु भएको यस महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्घनमा उल्लेखनीय योगदान पु¥याएको मुख्यमन्त्री बानियाको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार