काठमाडौं : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान सिमेन्ट बोकेको भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको डब्लू बी ७३ जी ६२१० नम्बरको सिमेन्ट बोकेको बल्गर (ट्रक) चालकले नियन्त्रण गुमाउँदा सडकको छेउमा पल्टिएको हो।
दुर्घटनामा भारतको दार्जिलिङ घर भएका ४० वर्षीय अर्वेन्द सहनी घाइते भएका छन् ।





