चुनाव जित्नु कहाँ छ कहाँ छ, प्रधानमन्त्री बाँड्दैछन् : लिङ्देन

२०८२ पुष १२, शनिबार

काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश अहिले संकटको अवस्थामा रहेको बताएका छन्।

झापा बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै यस्तै अवस्था रहिरहे देशै नरहनसक्ने उनको भनाइ छ।

उनले प्रधानमन्त्री र मन्त्री पनि बाहिरकै सिफारिसमा बन्न थालेको आरोप लगाए। उनले भने, ‘अब आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ, कुन पार्टीले हार्नुपर्छ त्यो पनि विदेशीले योजना बनाइदिँदैछन्। यति मात्रै होइन विदेशीहरूले यहाँ पार्टी पनि बनाइदिँदैछन्।’

उनले देश बचाउनको लागि राप्रपाको विकल्प अरू नभएको जिकिर गरे। उनले थपे, ‘हामीले राप्रपाले जित्ने र जित्नुपर्छ भन्ने कुरा मात्रै लिएर आएका छैनौँ। चुनाव भएछ भने त्यो कुरा लिएर आउला। तर त्यो भन्दा पहिले हामी देशले जित्ने र जिताउने कुरा लिएर आएका छौँ।’

उनले कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट अब देश नबन्ने बताए। उनले रास्वपा र काठमाडौंका मेयर बालेन शाहलाई लक्षित गर्दै उनले थपे, ‘चुनाव भएको छैन, जित्नु कहाँ छ कहाँ छ, प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गर्दै गर्नुभएको साथीहरूलाई सोध्न चाहन्छु, यी संविधान र संवैधानिक व्यवस्थाबाट देशलाई दुर्घटनाबाट रोक्न सकिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार