मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम

२०८२ पुष १२, शनिबार

काठमाडौं : फागुन २१ गते हुने निर्वाचनका लागि योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउँछन्।

यसअनुसार योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको निर्वाचन आयोगले जनाएको छ। जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य छन्। निर्वाचनका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ।

प्रदेशअनुसार कोशीमा ३५ लाख ७४ हजार ३१०, मधेसमा ३६ लाख ३६ हजार ४१४, बागमतीमा ३६ लाख ८२ हजार ३१०, गण्डकीमा १८ लाख ७० हजार ६५, लुम्बिनीमा ३३ लाख ८६ हजार ६८०, कर्णालीमा १० लाख ३७ हजार २५० र सुदूरपश्चिममा १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार