शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

२०८२ पुष १२, शनिबार

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

पछिल्लो एक सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र बुधबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए ।

“वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा गरिएको हो,’’ उनले भने । महानगरले यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिएको हो । आगामी पुस १६ गतेदेखि विद्यालय फेरि सञ्चालनमा आउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार